नेपाल खेलकुद महासंघद्वारा ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अत्तरिया, १५ असार- कैलालीको अत्तरियामा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल खेलकुद महासंघ (एनईसीओएस) द्वारा कोरोना महामारीको बिचमा महामारीका बिरुद्ध अग्रभागमा रही युद्ध लड्ने फ्रन्टलाइनरहरूलाई सम्मान र हौसला बढाउन चलाइएको नेकोसको आह्वान ‘कोभिड-नो भिड’ नामक राष्ट्रव्यापी विशेष अभियान अन्तर्गत उक्त प्रहरी कार्यालय अत्तरियामा स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

Dadeldhura hospital

नेपाल खेलकुद महासंघका उपाध्यक्ष एवम राखेप कार्यकारी सदस्य क. एकेन्द्र कुँवर, महासंघका स्थायी कमिटी सदस्य एवम सुदूरपश्चिम प्रदेश अध्यक्ष क. प्रकाश चन्द सचिवालय सदस्यद्वय क. बालकृष्ण प्रसाईं र सत्यराज स्नेही, केन्द्रीय सदस्य तथा कैलाली जिल्ला संयोजक क. चन्द्रबहादुर बिष्ट, केन्द्रीय सदस्य क. रुपेश वि.क. र कैलाली जिल्ला सचिव क. सुभास चन्द लगायतको उपस्थितिमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमलाई उक्त स्वास्थ्य सुरक्षा सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

देशव्यापी रूपमा संचालित उक्त कार्यक्रमको संयोजक नेकोसका वरिष्ठ उपाध्यक्ष क. पर्शुराम बस्नेत रहेका छन् । यस हप्तासम्म सुदूरपश्चिम प्रदेशभरिका विभिन्न ठाउँहरुमा उक्त अभियान चल्ने बताइएको छ ।

Loading...