अछाममा अवैध मदिरा नष्ट

अछाम- अछाममा अवैध मदिरा नष्ट गरिएको छ। जिल्लाको तुर्माखाद गाउँपालिकाबाट ३३० थान र ढकारी गाउँपालिका–६ को भुवा मेला लागिरहेको स्थानबाट १२० थान गरि ४५० थान अवैध मदिरा वरामद गरि नष्ट गरिएको अछाम प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय कमलबजार अछाम मातहत रहेको प्रहरी चौकी रहफ र प्रहरी चौकी ढुङ्गाचाल्नाबाट खटिएको प्रहरी टोलीले अवैध मदिरा वरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। वरामद गरिएको अवैध मदिरा स्थानीय जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

 

 

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...