आज असार १५, राष्ट्रिय धान दिवस, दहि चिउरा खाने दिन

काठमाडौँ, १५ असार- आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । यसदिन नेपालभर राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । यस वर्ष मङ्गलबार परेको राष्ट्रिय धान दिवस मुलुकभर रोपाइँ गरेरै मनाइँदै छ । विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निणर्य गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आउन थालिएको हो ।

Dadeldhura hospital

विगतमा कृषि मन्त्रालय, कृषि विभागअन्तर्गत गठित समितिले धान दिवस विशेष महोत्सव लगायत कार्यक्रम आयोजना गर्ने गरेकोमा यस वर्ष भने कोरोना महामारीका कारण औपचारिक कार्यक्रमहरू राखिएको छैन । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् । आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको बताइन्छ । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

godawari10 Mahila hinsa
Navadurga sun

फनेपालको प्रमुख खाद्यान्न बाली धानी हो । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धानको उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । नेपाल धानमा आत्मनिर्भर हुनका लागि वार्षिक ६२ लाख मेट्रिक टन धान उत्पादन हुनु जरूरी रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कले जनाएको छ ।

Loading...