शुक्लाफाँटामा क्रिकेट तथा ब्याडमिन्टन प्रतियोगिता हुने

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ बन्साहमा क्रिकेट तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । ड्रिमर्स युथ क्लवको आयोजनामा बुधवारदेखी क्रिकेट तथा व्याडमिन्टन (खुल्ला तथा विद्यालय स्तरिय) प्रतियोगिता हुन लागेको क्लवका अध्यक्ष प्रमानन्द जोशीले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

अध्यक्ष जोशीका अनुसार क्रिकेट प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमलाई २५ हजार र द्धितीय हुने टिमलाई १५ हजार मेडल,ट्रफी,प्रमाणपत्र प्रदान गरिने छ ।

Navadurga sun
Godawari sandesh

यस्तै व्याडमिन्टन प्रतियोगितामा खुलातर्फ १५ टिमको सहभागिता रहेको छ भने,मावि विद्यालयस्तरिय व्याडमिन्टनतर्फ ७ टिमको सहभागिता रहेको छ । व्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ प्रथम,दितीय,तृतीय हुनेलाई क्रमश ८ हजार,५ हजार र ३ हजार नगद सहित,ट्रफी,मेडल,प्रमाणपत्र वितरण गरिने छ ।

यस्तै विद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगितामा प्रम हुनेलाई ५ हजार,द्धितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजार नगद सहित ट्रफी,मेडल,प्रमाणपत्र प्रदान गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगितामा कार्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।

 

Couple
Loading...