डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीस्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४–२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो।

Navadurga sun
Godawari sandesh

दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए। घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घाइतेको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहको श्रीवास्तवको भनाइ छ।

 

Loading...