
धनगढी- कैलालीबाट लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका–८ खक्रौलाबाट लागुऔषध खैरो हेरोईनसहित भारतको लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिं पक्राउ परेका हुन् । उनलाई मंगलवार दिउँसो साढे तीन बजे खक्रौला नाकाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।


सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर कुमालको नेतृत्वमा खटिएको टोलीले सिंहले चलाएको UP 31 BY 2728 मोटरसाईकललाई शंका लागि चेकजाच गर्दा उनको साथ बाट पाँच ग्राम ४४० मिलि ग्राम खैरो हेरोईन बरामद भएको थियो । खैरो हेरोईन सहित पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

