कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

काठमाडौँ, १३ असार– नेपालमा काेभिड–१९ कारण मृत्यु हुनेको कुल संख्या ९ हजार नाघेको छ । कोरोनाका कारण आज थप ३४ जनाको मृत्यु भएपछि हाल सम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले स्वास्थ्य मापदण्डको अनिवार्य पालना तथा सम्भावित सङ्क्रमितले समयमै परीक्षण हुन नसक्दा संक्रमण एवं मृत्युदर निरन्तर बढिरहेको बताए ।

Navadurga sun

प्रवक्ता पौडेलले सरकारले लक्षण भएका सबै व्यक्तिको निःशुल्क परीक्षण गर्ने व्यवस्था गरेको जानकारी दिदै समयमै परीक्षण गराई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउनुहुन सबैलाई अनुरोध समेत गरेका छन् । प्रवक्ता पौडेलले दिएकाे जानकारी अनुसार आज देश भरमा गरी थप १ हजार ९ सय २० जनामा भाइरस संक्रमण पुष्टि भएको हाे ।
आज ६ हजार नमूनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना तथा ३ हजार ८ सय ३८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज ३ हजार ७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म ५ लाख ८४ हजार ३ सय ३४ जना संक्रमित निको भइसकेको र निको हुने दर ९२ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...