


धनगढी– धनगढीमा घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । धनगढी उपमहानगरपालिका-२ बाट प्रहरीको टोलीले २ हजार ५ सय लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको बताइएको छ ।



