कैलाली र कञ्चनपुरबाट २ लाख बढीका सामान बरामद

Dadeldhura hospital

कैलाली– कैलाली र कञ्चनपुरबाट २ लाख बढीका अबैध सामान बरामद गरिएको छ । कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३९ हजार २ सय ८० मूल्य बराबरको चिनी, पानीपुरी, मिठाई, लेडिज सुट, साडी लगायतका सामान, जोशीपुर गाउँपालिका-१ जोशीपुर बजार र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अन्दाजी २१ हजार मूल्य बराबरको नरिवल, सुर्ती, मसला, बिडी लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-६ बनगाँउबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७८ हजार ४ सय ४० मूल्य बराबरको चिनी, दाल, तेल, प्लाष्टिक, सुर्ती लगायतका सामान सोमबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको कञ्चनपुर प्रहरीले बताएको छ । उक्त सामानहरु आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले बताएको छ ।

Loading...