प्रतिबन्धित औषधी बेच्ने हेयर कटिङ र मेडिकल सञ्चालक पक्राउ

बझाङ– बझाङमा प्रतिबन्धित औषधी बेच्ने हेयर कटिङ र मेडिकल सञ्चालक पक्राउ परेका छन् । आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषधसँगै हेयर कटिङ सञ्चालक पक्राउ परेका हुन् ।

Dadeldhura hospital

सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँग दिएकोे बयानका क्रममा सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनीहरुमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ ।

Loading...