अत्तरिया, १३ कार्तिक । कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को दुर्गा माध्यमिक विद्यालयको भौतिक विकासका लागि ३ कोठे पक्की भवन र २ कोठे सार्वजनिक शौचालय निमार्णका लागि सोमबार एक कार्यक्रमका बीच विधिवत रुपमा शिल्यान्यस भएको छ ।


सिल्यान्यासको क्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट र बिल्डर नेपालको तर्फबाट आएको प्रतिनिधिले सयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन् ।


भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले यस ठाउँको विकासका लागि शिक्षा क्षेत्रमा नभए अन्य क्षेत्रमा पनि नगरपालिका रहेको कुरा प्रस्तुत गरे । आर्थिक अभावका कारणले धेरै कुरा गरौ भन्दा पनि गर्न नसकेको अवस्था रहेको छ ।
‘गोदावरी संग प्रसस्त बजेट पनि नभएको अवस्था र प्रदेश सरकारबाट पनि आफुहरुलाई सहयोग भएको छैन।’ उनले भने, ‘विल्ड अन नेपालले यसमा लाग्ने ठूलो रकम खर्च गर्नु लाग्नु भएको उहाँको टिमहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
उक्त भवनको सोमबार विधिवत उद्घाटन भई २०८० साल माघ २८ गते आयोजना समापन गरिसक्ने जनाइएको छ । भवन निर्माणका लागि अनुमानित लागत बिल्ड अन नेपालले २९ लाख ९१ हजार ९ सय ९०, गोदावरी नगरपालिकाले १२ लाख र समुदाय जनश्रमदानबाट १ लाख ५९ हजार ३ सय ९५ रुपैयाँ गरी जम्मा कुल लागत ४३ लाख ५१ हजार ३ सया ८५ लाग्ने सुचना पाटीमा उल्लेख गरिएको छ ।
त्यस्तै परियोजना निर्माणको नेतृत्व समिति अध्यक्ष करि धामीले गर्नेछन् भने यसमा समिति संख्या महिला ७ र पुरुष ७ गरी १४ जना रहने जनाइएको छ । यो आयोजना निर्माणबाट घरधुरी ५ सय र विद्यार्थी ४ सय ५५ लाभाम्बीत हुने आयोजना सुचना पाटीमा प्रस्तुत गरिएको छ ।