सिस्नुपानी दले पनि पार्टीभित्रकाे अन्तरद्वन्द्व हटेन : लेखराज भट्ट

कञ्चनपुर- नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन ‘सिस्नुपानी दले’ पनि अवस्था उस्तै रहेको बताएका छन्। शनिबार एमाले कञ्चनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टले पार्टीभित्र नेता–कार्यकर्ताहरुबीचको अन्तरद्वन्द्व हटाउन नसकिएको औंल्याएका हुन्।

Dadeldhura hospital

‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको बैशाख १ गते धनगढीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ,’ उनले भने, ‘उता हामी सिस्नुपानी दलेर एक आपसमा विष हटाउने काम ग¥यौँ, यतातिर पार्टीलाई रणभूमि बनाइरहेका छौँ।’

Navadurga sun
Godawari sandesh

अझै पनि पार्टीभित्र नयाँ र पुराना नेता कार्यकर्ताबिच विभेद देखिएको उल्लेख गर्दै उनले त्यसलाई हटाउनुको विकल्प नभएको बताए। एमाले कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टले उत्पादनका काममा जुट्न समते नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

Loading...