कञ्चनपुरमा सात लाख बढीको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा विभिन्न ठाउँबाट भन्सार छली गरी ल्याइएको अवैध सामान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्क र गोवरियाबाट अन्दाजी सात लाख ३७ हजार सात सय ५० रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका लेडिज सुट, कुर्ति सेट, कोटको कपडा तथा खाद्य बस्तु चिनी, मिश्री, गुड लगायत विभिन्न सामान बरामद गरेका हो। बेवारिसे अवस्थामा फेला पारेको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाइएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...