अछामको एक कुखुरा फर्ममा आगलागी

अछाम- अछामको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ लुङ्ग्राका हर्कबहादुर बोहराको घरदेखि ५०० मिटर टाढा रहेको कुखुरा फर्ममा शनिवार साँझ आगलागी भएको हो।

बिजुलीको तार सट हुन गई आगलागी हुँदा फर्ममा रहेका ६०० चल्लाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...