कैलाली र कञ्चनपुरबाट झण्डै पाँच लाखका अवैध सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट चार लाख बढीका अवैध सामान बरामद गरिएको छ। यी दुई जिल्लाबाट चार लाख ९१ हजार ५ सय ५२ हजार मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ वाणिज्य बैंक नजिकबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १८ हजार मूल्य बराबरको लेडिज सुट, कुर्ती लगायतका सामान, धनगढी उपमहानगरपालिका–३ पुरानो भन्सार रोड नजिकबाट अन्दाजी २४ हजार ८ सय ९५ मूल्य बराबरको चिनी, ललिपप, सोडा, चप्पल, प्लाष्टिक झिल्ली लगायतका सामान र भजनी नगरपालिका–३ जोडी पिपलबाट अन्दाजी ३४ हजार मूल्य बराबरको चिनी, पटका लगायतका सामान गरी जम्मा अन्दाजी ७६ हजार ८ सय ९५ मूल्य बराबरको सामान शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो ।

Navadurga sun

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजार र भीमदत्त नगरपालिका–६ बनगाँउबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी तीन लाख ७९ हजार ९ सय ६१ मूल्य बराबरको चिनी, कपडा, भाडाबर्तन, बिजुलीका सामान, भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अन्दाजी आठ हजार मूल्य बराबरको चिनी र बेलौरी बेलौरी नगरपालिका–१ भूपू सैनिक टोल नजिकबाट अन्दाजी २६ हजार ६ सय ९६ मूल्य बराबरको विभिन्न प्रकारको सेन्ट, स्किन क्रिम लगायतका सामान गरी जम्मा अन्दाजी चार लाख १४ हजार ६ सय ५७ मूल्य बराबरको सामानहरू शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाइएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...