कञ्चनपुरमा हेलमेट भित्र लागूऔषध फेला, एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागू औषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारबाट १.३७ ग्राम लागू औषध खैरो हेरोइनसहित भीमदत्त नगरपालिका-१० का २४ वर्षीय प्रमल नाथ शुक्रवार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नाथले प्रयोग गरेको हेलमेट भित्र लुकाई राखेको अवस्थामा लागू औषध फेला पारी पक्राउ गरेको बताएको छ। मोटरसाइकलसहित नाथलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको ब्रह्मदेव प्रहरीले बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...