बिच भलिबल : त्रिभुवन आर्मी क्लब र लिटिल बुद्ध उपाधिका लागि भिड्दै

महेन्द्रनगर- कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् ।

Ganyapdhura gau

यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीघाटस्थित महाकाली नदीमा भइरहेको खुला तथा भेट्रान बिच भलिबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो हुने आयोजक नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले जनाएको छ । खुलातर्फ कूल २३ टिम सहभागी थिए । भने भेट्रानतर्फ ११ टिमको सहभागिता रहेको थियो ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी भेट्रानतर्फ सशस्त्र प्रहरी बलको एपिएफ र बेलौली नगरपालिकाको टिमबीच फाइनल प्रतिस्पर्धा हुनेछ । भेट्रानमा उपाधि विजेता टिमले रु २५ हजार नगदसहित ट्रफी र मेटल प्राप्त गर्नेछन् ।

Dadeldhura hospital

यहाँस्थित नेपाली सेना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा गत असोज २९ गतेदेखि पहिलो पटक महाकालीको बगरमा बिच भलिबल आयोजना गरिएको हो ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित नेपाली सेनाको योजनामा प्रतियोगिता आयोजना थियो ।

शुक्लाफाँटादेखि झोलुङ्गे पुल हुँदै भाइरल रोड लगायत यहाँका पर्यटकीय क्षेत्रको खेल पर्यटनका माध्यमबाट प्रचार प्रसार गर्न लागिएको हो । खुलातर्फ त्यसैगरी द्धितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत हुनेछन् ।

त्यसैगरी भेट्रान (चालिस वर्ष भन्दामाथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिमले रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् । प्रतियोगिता सञ्चालनका लागि भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले पुरस्कार राशि प्रायोजनसमेत गरेका छन् ।

 

Couple
Loading...