कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ बेलौरी बजारको खुला मञ्चबाट ०.३७ ग्राम लागूऔषधसहित सोही नगरपालिका वडा नम्बर–४ का २६ वर्षीय टेकबहादुर चौधरी मंगलवार राति पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले चौधरीलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। बुधवार बिहान लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

Navadurga sun

बेलौरी नगरपालिका-७ नकैयाबाट ९.७८ ग्राम लागूऔषधसहित पिलिभित भगवानपुरी थाना वेहला ग्राम भारतका ४० वर्षीय महेन्द्र सिंहलाई बुधवार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बेलौरी प्रहरीले जानकारी दिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...