बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिर नजिकै म १ त ७४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्।

घाइते हुनेमा ट्याक्टर चालक कैलालीको मुसुरियाका नारायण चौधरी, कैलालीको घोडाघोडीका भुवन थापा र बैतडीको दोगडाकेदारका गगनसिंह कार्की रहेका छन्।

Navadurga sun

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको हो। घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...