अढाई दशकपछि कैलाली–कञ्चनपुरका पुल मर्मत गरिँदै

कञ्चनपुर- कैलाली र कञ्चनपुरका पक्की पुलको मर्मत गरिँदै छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण महाकाली राजमार्गअन्तर्गत कैलाली र कञ्चनपुरमा रहेका पक्की पुलको मर्मत गर्न लागिएको हो ।

Ganyapdhura gau

०५४/०५५ तिर निर्माण भएका पक्की पुलको हालसम्म पूर्ण मर्मत नहुँदा जीर्ण बन्दै गएपछि मर्मत गर्न लागिएको जनाइएको छ । पुल महाशाखा महाकाली पुल आयोजनामार्फत महेन्द्र राजमार्गअन्तर्गत १४ र महाकाली राजमार्गअन्तर्गत दुई गरी १६ पुल मर्मत हुनेछन् ।

Navadurga sun
Godawari sandesh

महाकाली पुल आयोजना कार्यालयका सबइन्जिनियर दुर्गादत्त अवस्थीले सुरुमा निर्माण भएका पुल हालसम्म पनि मर्मत नहुँदा जीर्ण भई यातायात सेवा नै ठप्प हुने भएपछि मर्मत गर्न लागिएको बताए । सबइन्जिनियर अवस्थीले हिमशरण निर्माण सेवाले १६ करोड ६३ लाख १८ रुपैयाँ बजेटमा मर्मतको ठेक्का पाएको छ ।

Dadeldhura hospital

२२ असार ०८० मा सम्झौता भई २२ चैत ०८० मा नौ महिनाभित्रै पुल मर्मत गरिसक्नुपर्ने सम्झौता भएको छ । सबइन्जिनियर अवस्थीले पानीमा रहेका पिलर, रेलिङ, पुलको भित्री तथा बाहिरी भाग कार्बन फाइबर, कार्बन लेमिनेट स्ट्रिप, एक्स्टेन्सन रिप्लेसमेन्ट, इक्सपान, इपोक्स मोटारलगायत सम्पूर्ण बिग्रिएको पुल मर्मत गरिन लागिएको बताए ।

‘यसअघि पुल जोडिएको स्थानमा गाडी गुडाउँदा हल्लाउने, पानी पुलभित्र पसेर जोखिम बढाएको थियो,’ उनले भने, ‘अहिले पुलकै लेबलमा मर्मत गरिएको छ, पानी सीधै नदीमा बगाइएको छ ।’

उनले गोदाबरी र शुक्लाफाँटा नगरपालिकाले पुलमुनि फालेको फोहोर व्यवस्थापन नगरिदिँदा गोदावरी र सुनबरा नदीमा निर्माण भएका पुल मर्मतमा समस्या आएको बताए । ‘दुवै पालिकालाई पत्राचार गर्दासमेत केही सहयोग गरेनन्, हामीलाई काम गर्न समस्या भएको छ, ‘उनले भने, ‘यस्तो विकास निर्माणको काममा पालिकाले समेत हालेमालो गरिदिनुपर्छ ।’

यसका साथै नेपाल टेलिकम र एनसेल फाइबर नेटको तारले समेत निर्माण कार्यमा समस्या उत्पन्न गराएको बताए । सबइन्जिनियर अवस्थीले ०५६ अघि निर्माण भएका पुलको मुख्य मर्मत नभएको र समान्य मात्रै भएको अवस्थामा जोखिम बढाएकाले मर्मत गरिएको बताए । समयमै पुल मर्मत भएपछि यातायात आवतजावतको समस्या हल हुने र यात्रुलाई सास्ती खेप्नु नपर्ने अपेक्षा गरिएको छ ।

 

Loading...