कञ्चनपुरका दुई जुवाखालबाट २५ जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरका दुई जुवाखालबाट चार लाख नगदसहित २५ जना पक्राउ परेका छन्। उनीहरू कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया र भीमदत्त नगरपालिका– १९ बागफाँटाका दुई जुवाखालबाट पक्राउ परेका हुन्। गुलरियाबाट १५ र बागफाँटाबाट १५ जुहाडे चार लाख ३१ हजार पाँच सय पाँच रुपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रदेश र स्थानीय प्रहरीको टोलीले गुलरियाको मदिरा पसलबाट जुवा खेलिरहेको अवस्थामा दुई लाख नगदसहित १५ जना र भीमदत्त नगरपालिका- १९ बागफाँटाको जुवाखालबाट दुई लाख ७७ हजार पाँच हजार पाँच रुपैयाँ नगदसहित १० जना पक्राउ गरेका हुन्।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी पुष्करराज पन्तले गोप्य सूचनाका आधारमा प्रहरी टोलीले जुवाखालबाट पक्राउ गरेको जानकारी दिए।

 

ADD Khali jpg
Loading...