होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम

धनगढी- कैलालीको त्रिनगर भन्सार नाकानजिक बनाइएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा जीर्ण बन्ने जोखिम छ । २८ करोड ८१ लाख लागतको होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छ । राज्यको ठूलो लगानी रहेको होल्डिङ सेन्टर लामो समयसम्म प्रयोगविहीन हुँदा संरचना र त्यसभित्र राखिएका सामान जीर्ण बन्ने जोखिम छ ।

तर, कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने यकिन भएको छैन । होल्डिङ सेन्टरबाहिर नेपाली सेनाले पहरा दिइरहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले संरचना जतिसक्दो चाँडो प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।

Navadurga sun

‘होल्डिङ सेन्टर सञ्चालनको तीन मोडालिटी करिब तीन महिनाअघि गृह मन्त्रालयलाई पठाएका छौँ, गृहले केही निर्णय गर्ला,’ उनले भने, ‘संरचना अहिलेसम्म बिग्रिएको छैन, तर जतिसक्दो चाँडो प्रयोगमा ल्याउनुपर्ने देखिन्छ ।’

बाल अस्पताल सञ्चालनको पहल
धनगढी उपमहानगरपालिकाले होल्डिङ सेन्टरमा निजी क्षेत्रबाट बाल अस्पताल सञ्चालनका लागि पहल थालेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाले सुदूरपश्चिममा बाल अस्पताल सञ्चालन गर्न चाहेकाले होल्डिङ सेन्टर उक्त अस्पताल सञ्चालनका लागि दिन सकिने उपमहानगरको भनाइ छ ।

डा.कोइराला र धनगढी नगरप्रमुख गोपाल हमालले केही दिनअघि होल्डिङ सेन्टरको निरीक्षण गरेका थिए । होल्डिङ सेन्टरमा स्त्री तथा बालरोग विशेषज्ञसहितको अस्पताल सञ्चालन गर्न उपमहानगरले डा.कोइरालालाई आग्रह गरेको थियो ।

डा.कोइरालाले सुदूरपश्चिममा सेवा दिनका लागि बाल अस्पताल सञ्चालन गर्न चाहेकाले होल्डिङ सेन्टर उपलब्ध गराउन पहल थालिएको र डा. कोइरालालाई निरीक्षण गराइएको मेयर हमालले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...