Division ban Pahalmanpur

कैलालीको गोदावरी-४ बाट साढे ३ किलो चरेस सहित एक पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया– कैलालीमा साढे ३ किलो लागुऔषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका-४ बाट बझाङको बुङ्गल नगरपालिका-२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामीलाई चरेस सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको बताए । उनको साथबाट साढे ३ किलो चरेस बरामद भएको बरालले बताए । धामी माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...