कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–६ ऐठपुरबाट ३।३९ ग्राम खैरो हेरोईनसहित कृष्णपुर नगरपालिका–५ का २० वर्षीय सुवास चन्दसहित तीन जना मंगलबार साँझ पक्राउ परेका हुन्।

चन्दको कोठामा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले कोठामा खानतलासी गर्दा लागूऔषध फेला पारी तीनैलाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

Navadurga sun
Godawari sandesh
Loading...