
सन्तोष पाण्डेय /बैतडी– सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर(गाजो) काट्ने चटारो बढेको छ । खर काट्न खास गरेर महिलाहरु व्यस्त देखिने गरेका छन् । हाल काटेर राखेको खरलाई हिउँदमा गाईभैसीलाई खुवाइने गरिन्छ ।

हिउँदको समयमा गाइवस्तुका लागि आहाराको कमि हुने भएकोले खर काटेर राख्ने गरिएको हो । साथै किसानहरु अन्नबाली भित्र्याउने र गहुँ छर्नका लागि खेतबारी खनजोत कार्यमा व्यस्त भएका छन । असारमा रोपेका धान, भटमास , गहत , कोदो लगायतका अन्नबाली भित्र्याउन सुदुरपश्चिम् का पहाडी जिल्लाका किसानहरुलाई धौ धौ परेको छ ।

