कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरमा काठको मिलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी–८ का ३३ वर्षीय सागर ठगुन्ना शुक्रबार साँझ पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...