
कञ्चनपुर- कञ्चनपुरमा काठको मिलबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका २२ वर्षीय दिपक चौधरी र बेलौरी–८ का ३३ वर्षीय सागर ठगुन्ना शुक्रबार साँझ पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिइएको संयुक्त प्रहरी टोलीले ठगुन्नाले सञ्चालन गरेको काठको मिलमा चेकजाँच गर्दा लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।