नेपाल–भारत जोड्ने झुलाघाट पुल जीर्ण

बैतडी- नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट पुल जीर्ण बनेको छ। करिब डेढ सय वर्षअघि इष्ट इन्डिया कम्पनीले निर्माण गरेको पुल भाँचिने अवस्थामा पुगेको हो। पूलमा राखिएका काठ र अड्याउने लकहरू भाँचिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

Ganyapdhura gau

नेपाल–भारत जोड्ने बैतडीको एक मात्र महाकाली नदीमाथिको उक्त पुलको उचित मर्मतसम्भार हुन सकेको छैन। गत वर्ष पनि पुलमुनि केही ठाउँमा काठका टुक्राहरू भाँचिएका थिए भने लकहरू समेत हराएका थिए। जीर्ण पुलको मर्मतका लागि भारतको पिथौरागढबाट प्राविधिक टोलीलाई खबर गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

केहिदिनमा काम सुरु हुने र पुल मर्मत गर्न एक साताभन्दा बढी समय लाग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। पुल मर्मत गरिने समयमा दैनिक ४ घण्टा मात्रै आवागमनका लागि खुला गरिने बताइएको छ।

भारतको पिडब्लुडी कार्यालयमार्फत पुलको मर्मत कार्य हुने गरेको छ। तत्कालका लागि काम चलाउ रूपले पुरानो काठको पुल मर्मत गरिए पनि यात्राको जोखिम भने कायमै रहेको छ।

झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा भने चुनावी एजेन्डा मै सीमित हुने गरेको छ। गत मंसिरमा सम्पन्न भएको संघीय तथा प्रदेशसभाको निर्वाचन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पक्की पुल बनाउने आश्वासन दिएका थिए।

 

 

Couple
Loading...