निङ्गलाशैनी भगवती मन्दिरमा शुरु भयो चार दिने मेला

बैतडी- प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने चार दिने मेला शुरु भएको छ। दशरथचन्द नगरपालिका २ देहिमाडौंस्थित निङ्गलाशैनी भगवतीको भण्डार घरबाट मंगलबार मन्दिरमा भण्डार भित्र्याएसँगै मेलारजात्रा शुरु भएको हो।

Ganyapdhura gau

भाद्र शुक्ल पूर्णिमासम्म सञ्चालन हुने जात्रामा नेपाल तथा भारत विभिन्न स्थानबाट दर्शनार्थी आउँछन्। अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा सोराड क्षेत्र र सदरमुकाम क्षेत्रबाट आउने जात्रा मुख्य आकर्षण हो। निङ्गलाशैनी भगवतीको विशेष पूजा हुने अनन्त चतुर्दशी महत्त्वपूर्ण मानिने मन्दिरका मुखिया मानबहादुर बोहराले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

मेलाको अवसरमा मन्दिरमा तीनरात बस्ने उभिएर बत्ती बाल्ने महिला भक्तजनको घुइँचो लागेको छ। यो जात्रामा निङ्गलाशैनी भगवतीको भण्डार प्रदर्शन गर्ने चलन समेत रही आएको छ । जात्रामा चार दिन सम्म मन्दिरमा पूजाआजा हुन्छ।

भगवती मन्दिरमा तीनरात बसेमा तथा उभिएर बत्ती बालेमा मनोकामना पूर्ण हुने विश्वास छ। अनन्त चतुर्दशीको अवसरमा मन्दिरमा विशेष पूजा समेत हुने गरेको छ। यो मेलालाई स्थानीय भाषामा ‘ठूली जात’ भन्ने चलन रहेको छ। यो जात्रामा सोराड र बैतडीको जात्रा आकर्षणको रूपमा छ।

भगवतीको मन्दिरमा वर्षमा चारपटक जात्रा लाग्ने गरेको छ। निङ्गलाशैनी मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मंसीर शुक्ल पूर्णिमा, चैतको अष्टमीमा गरी चार पटक विशेष पूजा हुने गरेको हो।

 

 

Couple
Loading...