धनगढीमा बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालनमा, कुन कक्षाको शुल्क कति ?

अत्तरिया, ९ असार- धनगढीमा बाल्मिकी ईन्टरनेशनल स्कुल सञ्चालन हुने भएको छ । धनगढीका ४० जना विभिन्न क्षेत्रमा आबद्ध भएकाहरुको लगानीमा चालु शैक्षिक सत्रदेखि स्कुल सञ्चालन भएको हो ।

धनगढीको हसनपुरमा सुविधा सम्पन्न विद्यालयको पुर्वाधार निर्माण गरेसँगै चालु शैक्षिक सत्रको असार १५ गतेदेखि अनलाईन पठनपाठन सुरु हुन गईरहेको स्कुल सञ्चालक समितिका अध्यक्ष दिनेशराज भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Navadurga sun

धनगढीको हसनपुरमा सुविधा सम्पन्न विद्यालयको पुर्वाधार निर्माण गरेसँगै चालु शैक्षिक सत्रको असार १५ गतेदेखि अनलाईन पठनपाठन सुरु हुन गईरहेको स्कुल सञ्चालक समितिका अध्यक्ष दिनेशराज भण्डारीले जानकारी दिए। ८ कठ्ठा जमिनमा सुविधा सम्पन्न भवन तयार पारीएको छ ।

पुरानो गुरुकुल शिक्षा र वर्तमान आधुनिक शिक्षालाई फ्युजन गर्दै बाल्मिकी स्कुललाई सञ्चालनको योजना बनाईएको छ। विद्यालयमा पठनपाठनदेखि खाना नास्ता सहितको सबै सुविधा विद्यार्थीहरुलाई दिईनेछ । मन्टेश्वरीदेखि कक्षा १० सम्म विद्यालयमा पठनपाठन हुनेछ ।

विहान ८ बजेदेखि साँझको साढे ५ बजेसम्म विद्यालयमा पठनपाठन, पौष्टिक खाना, खेलकुद सहित सबै किसिमका सुविधा विद्यालयभित्रै राख्ने सुविधा रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । पहिलो शैक्षिक सत्रमा झण्डै तीन सय विद्यार्थी भर्ना गर्ने लक्ष्य लिईएकोमा अहिलेसम्म एक सय जनाभन्दा वढी विद्यार्थीहरु भर्ना भईसकेका छन् भने भर्ना हुने क्रम पनि जारी रहेको छ ।

सुदूरपश्चिम र धनगढीमै सुविधा सम्पन्न स्कुल अभावले अहिले पनि धेरै जनाले आफ्ना छोराछोरीहरुलाई भारतको नैनीताल, देहरादुन तथा काठमाण्डौंका महँगा स्कुलमा पढ्नका लागि पठाउने गरेकोमा त्यसको सट्टा सबै सुविधा धनगढीमै दिने योजनाले बाल्मिकी स्कुल स्थापनाको योजना बनेको सञ्चालक मध्येका एक गोपाल हमालले पत्रकार सम्मेलनमा बताए । छोराछोरीलाई आफुभन्दा टाढा राखेर पठाउन पठाउन धेरै वेफाईदाहरु बोकेका अभभिभावक र स्वयम सञ्चालकहरुले अब गुणस्तरीय शिक्षाका लागि अन्यत्र पठाउनु नपर्ने बताएका छन् ।

विद्यालयमा समय सुहाउँदो गुणस्तरीय शिक्षा दिनका लागि देश विदेशबाट आएका १६ जना शिक्षक शिक्षिकाहरुले पठनपाठन गराउनेछन् । विद्यालयमा मन्टेश्वरीदेखि कक्षा ५ सम्म पठनपाठनको शुल्क मासिक १५ हजार तोकिएको छ । कक्षा ६ र ७ को अठार हजार पाँच सय र कक्षा ९ र १० को उन्नाईस हजार पाँच सय मासिक शुल्क तोकिएको छ । यो शुल्कभित्र विहान ८ बजेदेखि साँझको साढे पाँच बजेसम्मको खाना पठनपाठन कोचिङ अतिरिक्त कक्षा लगायतका सबै सेवा सुविधाहरु विद्यार्थीहरुले पाउनेछन् ।

अभिभावकहरुले आफ्ना छोराछोरीलाई सुरुमा भर्ना गर्दा रजिष्टेशन वापत २५ हजार, सेक्युरिटी वापत १५ हजार बार्षिक शुल्क वापत २५ हजार तोकिएको छ । तर पहिलो बर्ष भएका कारण यसपाली रजिष्टेशन वापत २५ हजार र सेक्युरिटी वापत १५ हजार गरी ४० हजार अभिभावकलाई छुट दिईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...