सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइँदै

काठमाडौं– आज सोमबार, आश्विन सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बुढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका ७ पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ।

राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइन्छ। मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा बुढी पोल्ने पर्व मनाइन्छ।

Navadurga sun

भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बुढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइन्छ। उक्त प्रतीकलाई असोज १ गते गाउँका सबै मिलेर जलाउने अर्थात् बुढी पोल्ने गरिन्छ।

बुढी पोल्ने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुसीयालीका रूपमा खाइन्छ। साथै, बुढी पोलेपछि लुतो फाल्ने प्रचलन रहेको छ। बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ। आजको दिनलाई सुदूरपश्चिममा बन्ढुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन्।

परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शवदहन गरेको कथन रहेको छ।

द्वापरयुगमा विशाक्त दुध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षस पुतनालाई भगवान् श्रीकृष्णले दुध चुसी मारेको र भगवान् श्रीकृष्ण बाँचेको खुशीयालीमा यो पर्व मनाइने गरिएको हो। पुतना दहन गरेपछि आज रातभरि देउडा, भुवाजस्ता सांस्कृतिक कार्यक्रम गरिने चलन पनि छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...