


कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका–११ चेकप्वाईन्टबाट डाइजापाम एक एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

