शुक्लाफाँटा नगरपालिकाको आजबाट नबौ नगरसभा शुरु




कञ्चनपुर, ८ असार- शुक्लाफाँटा नगरपालिकाको आजबाट नवौं नगर सभा शुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ का लागि ७१ करोड ४८ लाख ३ हजारको बजेट निणर्यका लागी नगरसभामा पेश गरिएको छ ।






आ.व.२०७८/०७९ को लागि पेश गरिएको बजेटको बारेमा जानकारी गराउदै नगरप्रमुख दिलबहादुर ऐरले बजेटमा बृहत छलफल, अन्तरकृया र सल्लाह सुझाब सहित कार्यान्वयनमा लैजाने जानकारी दिएका छन । नगरपालिकाको नबौ नगरसभामा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश अन्तरगत सामाजिक बिकास मन्त्रालयका सामाजिक बिकास मन्त्री लालबहादुर खड्का रहेका थिए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेशको मुख्य नाकाहरु कैलालीको गौरीफन्टा नाका, कञ्चनपुरको गड्डाचौकी नाका, बैतडीको झुलाघाट नाका, दार्चुलाको नाकामा समेत बृहत रुपमा होल्डिङ्ग सेन्टर प्रत्येक नाकामा कम्तिमा पनि १ हजार जना मानिसहरु अटाउन सकिने गरि होल्डिङ्ग सेन्टर निर्माणका लागि आफुहरु सामाजिक बिकास मन्त्रालय लागि परेको जानकारी गराए । भारतबाट नेपाल फर्किने सम्पुणर् नेपाली दाजुभाइहरुको स्वास्थ्य चेकजाँच गरि कोरोना पोजेटिभ भएका ब्यक्तिहरुको लागि सम्बन्धीत स्थानिय तह सम्म पुर्याउने ब्यवस्थापनको लागि समेत प्रयास गरिरहेको जानकारी मन्त्री खड्काले बताए ।
आउदो आर्थिक बर्ष २०७८/०७९ मा अरु क्षेत्र भन्दा पनि लागि स्वास्थ्य क्षेत्रमा अत्याधिक बजेट छुट्याइएको हुँदा सम्पुणर् जनमानसमा स्वास्थ्य सेवा प्रवाह र सुविधाको पहुच बाट कोहि पनि बन्चित नहुने उल्लेख गर्दै, अब छिट्टै लालपुर्जा र सुकुम्बासी समस्याको समाधान हुने प्रतिबद्धता जनाएका छन ।



