कराँतेमा नेपाललाई प्रथम स्थान

Dadeldhura hospital

बैतडी- भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ। नेपाललाई प्रथम स्थान हासिल गराउन बैतडी घर भएका राजेन्द्र कलौनीले गोल्ड मेडल प्राप्त गरे। नेपालले बङ्लादेशलाई हराएर प्रथम भएको हो। प्रतियोगितामा बङ्गलादेश दोस्रो र भारत तेस्रो भएको छ।

Ganyapdhura gau

नेपाललाई गोल्ड मेडल दिलाउन सफल कलौनी नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्षसमेत हुन्। जापान कराँते डो।कोशिकाई सितोरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, भुटान र श्रीलंका सहभागी थिए। प्रतियोगितामा लाठी र कराँते मात्रै रहेको थियो। लाठीमा भने भारतले पहिलो स्थान पाएको छ।

 

Couple
Loading...