



धनगढी- कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा आगलागी भएको छ । शुक्रवार राति ८ बजे क्याम्पसको ‘बी ब्लक’ मा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ‘बी ब्लक’को सिढीमुनि रहेको बिजुलीको तार सट भइ आगलागी भएको हो ।


आगलागीबाट मेन स्वीच र मिटर जलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट अन्य क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।





