अत्तरिया– कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा प्रभातफेरी गरिएको छ । कार्यालयले १७ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्ध राष्ट्रिय दिवस अवसर पारी प्रभातफेरी कार्यक्रम गरेको हो । ईलाका प्रहरी कार्यालय मालाखेतीको प्राङगणबाट शुरु भएको प्रभात फेरी बसपार्कमा पुगेर सकिएको थियो ।






प्रभातफेरीमा गोदावरी नगरपालिकाकी उपमेयर, बिभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, नेपाल प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधी, बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।





बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस मनाइँदै आएको छ । २०६४ साल देखी भदौ २० गते राष्ट्रिय दिवसको रूपमा मनाइदै आएको छ ।




