काठमाण्डौ- आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।



ठूलो वर्षाको सम्भावना रहेकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सचेत रहन मौसमविद् प्रतिभा मानन्धरको आग्रह छ ।


उनका अनुसार ठूलो पानी परेका ठाउँमा नदी तथा खोलामा बाढीको जोखिम छ । यस्तै, आज अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज हिजो अस्तिको जस्तो घाम चर्किने सम्भावना नरहेको उनले बताए । आज दिनभरीजसो बादल लाग्ने मौसमविद् मानन्धरको भनाइ छ ।