शुक्लाफाँटाले भारत विरूद्धको खेलमा शतक हान्ने र चार विकेट लिने खेलाडीलाई एक/एक लाख दिने

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले भारतविरूद्ध आजको खेलमा शतक हान्ने खेलाडीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ। यस्तै, चार विकेट लिने खेलाडीलाई पनि जनही एकरएक लाख दिने भएको छ।

एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा श्रीलंकामा शतक हान्ने नेपाली खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।

Navadurga sun

सोमबार बसेको नगर प्रमुख स्तरीय बैठकले यस्तो निर्णय गरेको नगर प्रवक्ता लालबहादुर ऐरले जानकारी दिए। शुक्लाफाँटा नगरपालिकाले यसअघि पनि खेलाडीलाई सम्मान गरेको थियो।

 

ADD Khali jpg
Loading...