सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ। नेकपा समाजवादीनिकट अनेरास्ववियूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेको हो।

Ganyapdhura gau

शुक्रबार दिउँसो समाजवादीनिकट अनेरास्ववियूका नेताहरूले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका हुन्। परीक्षा नियन्त्रक देवसिंह नाथले सीधै १२–१५ जना समाजवादीका नेता –कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन तोडेको भन्दै छापामार शैलीमा तोडफोड गरेको बताए।

Navadurga sun

हामी दुवैजना आ–आफ्नो कार्यकक्षमा नियमित कामकाज गरिरहेका थियौँ,’ उनले भने, ‘एक्कासि आएर अराजक शैलीमा तोडफोड गरेर गए।’
सहायक परीक्षा नियन्त्रक सिंह र परीक्षा नियन्त्रक नाथको कार्यकक्षमा रहेका सिसा, टेबुल, कुर्सी, कागजपत्र भएको दराजसहित तोडफोड गरेको उनले बताए।

समाजवादीनिकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए। ‘हामीहरू उहाँहरूसँग ६–६ पटक वार्तामा बस्यौँ,’ परीक्षा नियन्त्रक नाथले भने, ‘तर, भाग चाहियो भन्ने, अब हाम्रो स्तरबाट उहाँहरूलाई भाग दिन सक्ने कुरो भएन, भाग नै माग्ने भए कार्यकारीसँग माग्नुपर्‍यो।’

Dadhaldhura pur

अनेरास्ववियूले कार्यकक्ष तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ। अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको दाबी गरेको छ।

अनेरास्ववियू कञ्चनपुरका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको र आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थी लगाएर परीक्षा नियन्त्रक नाथसहित उपपकुलपति डा। अमराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकले बहुबलीका भरमा ताला तोडेपछि परिस्थिति सिर्जना भएको बताए।

हामीले कहीँकतै भाग मागेका छैनौँ,’ उनले भने, ‘हामीले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषय प्रश्नपत्रमा त्रुटि गर्नेमाथि कारबाहीको माग अघि सारेका थियौँ।’ समाजवादीनिकट अनेरास्ववियूले गत १८ साउनमा लगाएको ताला १० भदौमा तोडिएको थियो।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तोडफोड गर्नेमाथि कानुनी कारबाहीको माग अघि सारेको छ। यस्तै, अनेरास्ववियूले उक्त घटनाको जिम्मा लिँदै परीक्षाजस्तो विषयमा त्रुटि गर्नेमाथि कारबाहीको माग अघि सारेको छ।

परीक्षा नियन्त्रण कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म बेथिति बढिरहेका वेला अनेरास्ववियूले सचेत मात्रै गराएको उनीहरूको दाबी छ। गलत कार्य गर्नकै लागि परीक्षा नियन्त्रण कार्यालयमा सिसिटिभी जडान नभएको अनेरास्ववियूको आरोप छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...