यी जिल्लामा आज बाढीको उच्च जोखिम

काठमाडौं- देशका अधिकांश सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही जिल्लामा बाढीको उच्च जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dadeldhura hospital

यस दिन सप्तकोसी, सुनकोसी, तमोर, दूधकोसी, कमला, वाग्मती र महाकाली नदीको जलसतहले सतर्कता तह पार गर्ने पूर्वानुमान छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Navadurga sun
Godawari sandesh

यस्तै, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा र रुपन्देही भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ ।

आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, दाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने केही साना नदीमा समेत बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

 

Loading...