कञ्चनपुरबाट लागूऔषध सहित दुई जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छन् । जिल्लाको पुर्नवास नगरपालिका–११ डोके बजार बस्ने २० वर्षीय सुमित चौधरी र सोही ठाउँका १९ वर्षीय जोगराज चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीवार सुदूरपश्चिम प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले दोदा पुल स्थित हुलाकी सडकखण्डमा शंकाका आधारमा चेकजाँच गर्दा ७७० मिलिग्राम लागू औषध (खैरो हिरोइन) प्रहरीले फेला पारेको हो ।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...