कञ्चनपुरमा एसएसबीले बनाएको क्याम्प हटाइयो

महेन्द्रनगर- भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प (ब्यारियल) हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडास्थित नेपाली भूमिमा राखिएको एसएसबीको क्याम्प हटाइएको हो।

सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

Navadurga sun

‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प राखेको जानकारी पाएपछि त्यसलाई सशस्त्र प्रहरीद्धारा हटाएका छौं,’ उनले भने, ‘नेपाली भुमिमा ब्यारिएल लगाउन पाइँदैन, नेपालतर्फ बनाएको ब्यारियल बिहानै हटाएका छौं।’

बेलौरी नगरपालिका–१० भुडाबाट भारतीय बजार कम्बोजनगर जाने बाटोमा एसएसबीले कोरोनाकालमा क्याम्प राखेको थियो भने ७/८ महिनादेखि एसएसबीले क्याम्प निजिकै ब्यारिएल लगाएको थियो।

ADD Khali jpg
Loading...