डोटीको पूर्वीचौकी गाउँपालिकामा भिडियो एक्स–रे सेवा सुरु

डोटी, ५ असार– डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा सुरु गरेको छ।

एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे (युएसजी) तथा एक्स–रे सेवा सुरु गरेको छ। पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको सुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।

Navadurga sun

उनले भने, “पालिकामा भिडियो एक्स–रे नहुँदा नागरिकलाई निकै समस्या भएको थियो, नागरिकले घरैमा सेवा पाउन उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर सेवा सुरु गरेका छौँ, सबै नागरिकले सहज सेवा पाउनु हुने छ।”

भिडियो एक्स–रे सेवा सुरु भएपछि यहाँका पेटसम्बन्धी बिरामीहरु, गर्भवती, पत्थरी तथा मिर्गाैलासम्बन्धी, पित्तथैली र हड्डीसम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीको उपचार गर्न सहज हुने पालिकामा कार्यरत डा अङ्कित रेग्मीले जानकारी दिए। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...