जहाज नचलेपछी टिकटक स्थल बन्दै बैतडी पाटन विमानस्थल

सन्तोष पाण्डेय / बैतडी : बैतडीको पाटन विमानस्थलमा करिब डेढ वर्षदेखि हवाई उडान बन्द रहेको छ । तीन वर्ष अघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा करोडौंका संचरनाहरू प्रयोगविहीन बनेका छन।

११ करोड रुपैयाँ खर्च गरेर २० मिटर चौडाइ र ५८० मिटर लम्बाइ रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ । प्रत्येक बिहीबार पाटन-धनगढी उडान गर्दै आएको समिट एयरले २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

१७ मिनेटको हवाई दूरीमा चार देखि पाँच हजार भाडा धेरै भयो भन्दै नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेको सेवाग्राहीको भनाइ छ ।

२०३६ सालदेखि २०५२ सालसम्म नियमित उडान हुने पाटन विमानस्थल द्वन्द्व कालमा ध्वस्त गरिएको थियो । २०५२ सालदेखि बन्द भएको पाटन बिमानस्थल २६ वर्षपछि २०७७ सालबाट सञ्चालनमा आएको थियो । अहिले बिमानस्थलमा जहाज नचलेपछी टिकटक स्थल बन्दै गएको छ ।

Loading...