एसएसबीको क्याम्पबाट हतियारसहित भागेका जवान १४ घण्टापछि भेटिए

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी पारि हतियारसहित बेपत्ता भारतीय सुरक्षा बल (एसएसबी) का जवान १४ घण्टापछि फेला परेका छन्।भारततर्फ मेलाघाटस्थित एसएसबीको कम्पनीबाट आइतबार राति १० बजेतिर हतियारसहित फरार जवान सोमबार दिउँसो जंगलमा भेटिएका हुन्।

कम्पनीनजिकै जंगलमा सोमबार दिउँसो करिब १२ बजेतिर ती जवान हतियारसहित भेटिएका हुन्। राति कम्पनीबाटै हतियारसहित जवान बेपत्ता भएपछि एसएसबीले नेपालतर्फ भाग्न सक्ने आशंकामा सीमा क्षेत्रमा निगरानीका र नेपाली भूमिमा खोजीका लागि सशस्त्र प्रहरीलाई खबर गरेका थिए।

Navadurga sun

सशस्त्र प्रहरी र जनपद प्रहरीले दोधारा चाँदनीको नेपाली सीमा सिल गरेर नाकामा निगरानी गरेको थियो। सोमबार दिउँसो १२ बजेतिर १४ घण्टापछि कम्पनीनजिकै जंगलमा हतियारसहित जवान सकुशल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए।

‘एसएसबी हतियारसहित हराएपछि हामीलाई राति नै जानकारी गराइएको थियो, यता आएको आशंकामा सीमा क्षेत्रमा खोजी गर्‍यौँ,’ उनले भने, ‘अहिले एसएसबीले भारतीय भूभागमै सकुशल फेला पारेको खबर गरेका छन्।’

कम्पनीमा ड्युटीमा खटिएका जवान फरार हुनुको कारण खुल्न सकेको छैन। हतियारसहित कम्पनीबाटै जवान फरार भएपछि एसएसबीमा खैलाबैला मचिएको थियो। अहिले एसएसबीका डीआईजी नै कम्पनीमा पुगेका छन्।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...