थारु समुदायले आज गुरही पर्व मनाउँदै

धनगढी- पश्चिमवासी थारु समुदायमा आज (सोमबार) गुरही पर्व मनउदै छन् । वभिन्न ठाउँमा नाचगान सहित गुरही पर्व मनाउन लागिएको हो । गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवती सहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् ।

Dadeldhura hospital

यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । बालिका वा केटीहरूले गुरही सहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने/पिट्ने चलन रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसैगरी उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ ।

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउँदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताइन । उनका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको हो । गुरहीको अवसर पारेर धनगढीस्थित गुरही चौकमा गुरहीको मूर्ति शिलान्यास गरिने जनाइएको छ । गुरही पर्वको अवसरमा आज कैलालीको तराई क्षेत्रका सबै स्थानीय तहले स्थानीय बिदा दिएका छन् । गोरखापत्र

Loading...