खाने तेलको भाउ १२० रुपैयाँ बढ्यो

काठमाडौँ, ५ असार– एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।

Dadeldhura hospital

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लो तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ ।

Navadurga sun
Godawari sandesh

घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् । वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताउनुभयो । उहाँले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताउनुभयो । याे खबर गाेरखापत्र दैनिकमा छ ।

Loading...