कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

कैलाली- कैलालीमा लागु औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट लागु औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।

Dadeldhura hospital

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने १८ वर्षीय विनय चौधरी र सोही ठाउँ बस्ने १८ वर्षीय विकास चौधरी रहेका छन्।

Navadurga sun
Godawari sandesh

शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १०० मिलिग्राम लागु औषध बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

 

 

 

Loading...