गोदावरीका एक युवक लागु औषधसहित पक्राउ

Dadeldhura hospital

धनगढी- कैलाली गोदावरीका एक युवक लागु औषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको पुर्नवास नगरपालिका–११ डोकेबजारस्थीत भारतबाट नेपाल आउँदै गरेका गोदावरी नगरपालिका१ मनहरा घर भएका १७ बर्षिय कमल रिजाल पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी शैलेश्वरी गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक नवराज भट्ट समेतको मोबाइल गस्ती टोलीले उनलाई पक्राउ गरेको हो। किशोरलाई आवश्यक कारबाहीका लागी प्रहरी जिम्मा लगाइएको गणका गणपति प्रेम रावलले बताए।

 

Loading...