नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा बैतडीका दुईजना पक्राउ

बैतडी – नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा बैतडीका रवीन चन्दसहित अछाममा दुई जना पक्राउ परेका छन् । बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रवीन चन्दलाई पक्राउ गरिएकोे अछाम प्रहरीले जनाएको छ । उनलाई मंगलसेनबाट पक्राउ गरिएको हो । राहुलले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको आरोप लागेको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर उठाइएको पैसा ठगी गरेको भन्दै तीमध्येका १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यसअघि नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय प्रिती ऐरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Navadurga sun
Godawari sandesh

ठगीमा संलग्न रहेको आरोप लागेका बैतडीको सुर्नया गाउँपालिका–२ का २३ वर्षीय भीमसिंह ऐरी र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ का २० वर्षीय गणेश खड्का फरार रहेका छन् । आरोपितहरुले ३७ जनाबाट प्रतिव्यक्ति १६ हजार देखि २४ हजारका दरले ५ लाख २६ हजार १ सय रकम संकलन गरेको बताइएको छ ।

Couple
Loading...