डडेल्धुरामा एक वडा सदस्यमाथि सामूहिक कुटपिट

डडेल्धुरा– डडेल्धुराका एक वडा सदस्यमाथि सामूहिक कुटपिट भएको छ। जिल्लाको आलिताल गाउँपालिका-८ का वडा सदस्य छबिलाल बोहरामाथि गएराति करिब ८ बजेतिर तीन जनाको समूहले कुटपिट गरेको बताइएको छ।

आलिताल-४ को जालटुडा सडकमा मोटरसाइकल बनाउनका लागि रोकिएका बेला स्थानीयहरुले आफूमाथि मदिरा पिएर कुटपिट गरेको वडा सदस्य बोहराले बताए। उनका अनुसार सोही राति उक्त समूहले बालकल्याण आधारभूत विद्यालयका शिक्षक कृष्ण बोहरामाथि पनि आक्रमणको प्रयास गरेका थिए।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...